ad image
ad image
ad image

हवाईजहाजको मुल्यसँग दाजिने कुकुर

0
Shares
हवाईजहाजको मुल्यसँग दाजिने कुकुर

काठमाडौं -मासिहरुले साथी ,परिवार कै सदस्य जस्तो मानी कुकुर पालेका हुन्छन् । अझै अहिले त एक्लोपनको साथी पनि कुकुर बन्न पुगेको छ । त्यसैले गर्दा धेरै भन्दा धेरै मानिसले आफनो घरमा कुकुर राख्न अथवा पाल्न चाहान्छन् । तर कुकुर पाल्न, स्याहार गर्न तथा किन्नको लागि त्यसको आर्थिक पाटोलाई हेर्नु आजको आवश्यकता भैसकेको छ ।
कुकुर तपाई सँगको आम्दानीको स्रोत अनुसार किन्न सक्नु हुनेछ । कुकुर हजारौैं देखि लिएर लाखौ मुल्य सम्मको हुन्छ ।

तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा जो कोहि पनि आश्चर्य चकित हुन्छन् ।

यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २०० भन्दा बढी कुकुरले भाग लिएका थिए । तर सबैको आँखा तिब्बती मास्टिफमा गड्यो ।

यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २४ देखि ४८ करोड छ । यतिमा त ससानो हवाईजहाज नै किन्न सकिन्छ । डग शोमा करोडौं मूल्यको मास्टिफ दिल्लीबाट ल्याइएको थियो ।

यो तिब्बती मास्टिफलाई पाल्न पनि महंगो छ । यसको खाना जर्मनीबाट मगाउनुपर्छ भने चौबीसै घन्टा एसीको चिसो चाहिन्छ । अनि यसलाई प्रत्येक १५ दिनमा स्पा लग्नुपर्छ । यो ३२ इन्चको हुन्छ र तौल करीब ७० देखि ८० किलो हुन्छ ।

यसले बाघ र चितुवा जस्ता जनावरसँग पनि लड्ने क्षमता राख्छ ।रिसेन्ट नेपालबाट साबार गरिएको

८ कार्तिक २०७४, बुधबार १९:४५ मा प्रकाशित
ad image