ad image
ad image
ad image

युरोपेली बैठकमा स्विट्जरल्याण्डको महिला फोरमको चर्चा

0
Shares
युरोपेली बैठकमा स्विट्जरल्याण्डको महिला फोरमको चर्चा

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको महिला फोरमले प्रगतिबिरण प्रस्तुत गरेको छ। लक्जम्वर्गमा सम्पन्न नवौ युरोपेली महिला भेलामा फोरमले आफ्नो बिबरण प्रस्तुत गरेको हो। सन् २०१७-२०१९ को कार्यसमितिले हालसम्म गरेका कामहरु बारे भेलामा जानकारी गराउदा स्विट्जरल्याण्ड स्थित फोरमले प्रंशसा र चर्चा बटुलेको थियो।


भेलामा महिला फोरम संयोजक शुभा एल्मर लामाले आफू पुन संयोजकमा नियुक्त भएपछि गरेका कामहरुको चर्चा गरिन्। उनले गत बर्ष तीज कार्यक्रमबाट बाढी पहिरो पिडितलाई फोरमको सक्रियतामा रकम संकलनको कार्य देखि बालबालिकाहरुलाई न्यानो कपडा बितरणसम्मका गतिबिधिहरु प्रस्तुत गरेकी थिईन्।

महिला फोरम स्विट्जरल्याण्डले आफ्नै बैङ्क खाता संचालनमा ल्याएको भन्दै संयोजक लामाले केन्द्रिय प्रोजेक्टमा पनि पटक(पटक स्विट्जरल्याण्डबाट सहयोग पुगेको बताईन्। अन्तराष्ट्रिय नारी दिवसमा राजदूतको उपस्थितिमा अन्तरक्रिया र बहस सहित महिला सशक्तिकरणको सन्देश सहित कार्यक्रम सम्पन्न भएको पनि सो अबसरमा जानकारी गराईएको थियो।

“एक एनसीसी एक प्रोजेक्ट” अन्तरर्गत काभ्रेमा प्रौढशिक्षा कार्यक्रम संचालनका लागि सहयोग पुगेको समेत उनले बताईन्। युरोपेली भेलामा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट,केन्द्रिय उपाध्यक्ष सपिला राज भण्डारी,महिला संयोजक रजनीप्रधान लगायत एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस्तो छ एनआरएनए स्विट्जरल्याण्डको प्रगती बिबरण

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डले आफ्नो प्रगतीबिबरण सार्वजनिक गरेको छ। संघका अध्यक्ष भूमिराज गुरुङ बिषेश कामले नेपाल गएकोले लक्जम्वर्गमा सम्पन्न युरोपेली बैठकमा संघका कोषाध्यक्ष प्रमोद भट्टले बिबरण सार्वजनिक गरेको हो। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले ३० सेप्टेम्बर २०१७ देखि जुन २०१८ सम्म संघले गरेको गतिविधिहरू प्रगति बिबरणमा सार्वजनिक गरेको थियो।
संघको २०१७-१८ को प्रगति विवरण यस्तो रहेको छ।
३० सेप्टेम्बर २०१७
स्विट्जरल्याण्डमा बसोबास गर्नु हुने संम्पूर्ण नेपाली दाजुभाई तथा दिदीहिनीहरु बीच बडादशैको शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिंदै गैर(आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले स्वीस नेपाली समाज संग सहकार्य गरि दशैं कार्यक्रम भव्यरुपमा सम्पन्न गर्यो।
०४ मार्च २०१८
नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्व भन्ने मूल नाराका साथ स्विट्जरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका HPRR आङ तेन्जिङ शेर्पा र कमल भट्टको आयोजनामा स्विट्जरल्याण्डको Melchsee Frutt हिमालमा Snow and Fun कार्यक्रममा एन.आर.एन.ए. स्विट्जरल्याण्डको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न।
०६ फ्रेब्रुवरी २०१८
गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आव्हानमा जेनेभा स्थित नेपाली नेपाली दूतावासमा, नेपाली राजदुताबास जेनेभा, एनआरएनए स्विट्जरल्याण्ड, स्विट्जरल्याण्डमा क्रियाशील नेपाली संघ संस्थाहरु, नेपाल पर्यटन बोर्ड, पत्रकारहरु र अन्य विभिन्न व्यक्तित्वहरुका बीचमा स्विट्जरल्याण्डमा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको छलफल र तयारीको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न।
११ फ्रेब्रुवरी २०१८
नेपालमा प्रत्येक दिन हुने सवारी दुर्गटनालाई केहि हद सम्म कम गर्ने उद्देश्य लिएर NRNA ICC को Task Force, SKI Road Safety 2020 ले पुस्तक छपाउनको लागि गरेको सहयोगको आव्हान लाई एनआरएनए स्विट्जरल्याण्ड बाट सहयोग गरेको छ।
१० मार्च २०१८
“प्रगतिका लागि सञ्चार “ Press for Progress” भन्ने मुल नाराका साथ गैर(आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको सभापतित्वमा १०८ औं अन्तरराष्ट्रिय नारी दिवस सम्पन्न। उक्त कार्यक्रममा नेपाली दूतावास स्वीट्जरल्याण्डका महामहिम राजदूत दिपक धिताल प्रमुख आथिति, नारी समाज पोर्चुगल कि अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगल कि संयोजक सिता बराल एवं नारी समाज पोर्चुगल कि महासचिव मीना खरेलको विशेषको उपस्थिति रहेको थियो।
१० जुन २०१८
नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित “संस्कृति र मानव बीचको संगम विन्दू हिमालहरु” (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रम सम्पन्न। उक्त कार्यक्रममा नेपालका लागि स्विट्जरल्याण्डका पूर्व राजदूत डा.थोमस गास प्रमुख आतिथि, स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम दीपक धिताल, स्विट्जरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु र नेपाली जनसमुदाय र स्विस नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।

१९ श्रावण २०७५, शनिबार ००:४७ मा प्रकाशित
ad image