ad image
ad image
ad image

अब सच्चा वामपन्थीको धु्रवीकरण हुन्छ: गजुरेल

0
Shares
अब सच्चा वामपन्थीको धु्रवीकरण हुन्छ: गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको धु्रवीकरण हुने बताउनुभएको छ । सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । उहाँले तीन दलबीच हुने एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै फरक नपर्ने जिकिर पनि गर्नुभयो ।रासस

२० आश्विन २०७४, शुक्रबार १८:५१ मा प्रकाशित
ad image