ad image
ad image
ad image

हिमाल आरोहण उत्साहजनक

0
Shares
हिमाल आरोहण उत्साहजनक

यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ ।

पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका छन् ।

आरोहीहरु अक्टोबर महिनाभरि आउने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अघिल्लो वर्ष यही मौसममा १५० आरोहण दलले आरोहण अनुमति लिएका थिए ।

अघिल्लो वर्षको संख्या र अवधिलाई हेर्दा यो वर्ष आरोहीको संख्या बढ्ने देखिन्छ ।

भारत, युरोप अमेरिकालगायत मुलुकबाट आएका कतिपय आरोहीले आरोहण शुरु गरिसकेका छन् ।रासस

२० आश्विन २०७४, शुक्रबार १५:२८ मा प्रकाशित
ad image