ad image
ad image
ad image

नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

0
Shares

हेटौँडा । प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।

यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो ।

३० जेष्ठ २०७५, बुधबार ११:२५ मा प्रकाशित
ad image