ad image
ad image
ad image

एनआरएनए स्वीसका महासचिव एवं नेपाल स्वीसडटकम कर्मी श्रेष्ठलाई पुत्री शोक

0
Shares
एनआरएनए स्वीसका महासचिव एवं नेपाल स्वीसडटकम कर्मी श्रेष्ठलाई पुत्री शोक

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका महासचिव एवं नेपाल स्वीसडटकमका फोटो पत्रकार शुक्र श्रेष्ठलाई पुत्री शोक परेको छ।

स्विट्जरल्याण्डको सिवन निवासी शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्का कि कान्छी सुपुत्री स्रिदा श्रेष्ठको मंगलबार साँझ बासेलस्थित युनि बाल अस्पतालमाउपचारका क्रममा निधन भएको हो ।

सन् २०१६ सेप्टेम्बर १४ मा जन्मिएकी मृतक स्रिदाको शवलाई आगामी २५ मई २०१८ शुक्रबार बिहान ०८:०० बजेदेखि ०८:४५ बजेसम्म बासेलको Friedhof am Hörnli, Hörnlialle 70, 4125 Riehen मा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने परिवार श्रोतले जनाएको छ।

नेपाल स्वीस डटकमका फोटो पत्रकार शुक्र श्रेष्ठ तथा श्रीमती दीपा श्रेष्ठ खड्काकी कान्छी सुपुत्री स्रिदा श्रेष्ठको असामयिक निधनको खबरले हामी नेपाल दुबई डटकम परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। यस दुःखद घडीमा स्व स्रिदाको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै यस प्रकारको अकल्पनीय एवं अत्यन्त दुःखद घटनाबाट पत्रकार श्रेष्ठ परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्तिमिलोस् भनि भगवान्सँग प्रार्थना गर्दै सिंगो परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

नेपाल दुबई डटकम परिवार

१० जेष्ठ २०७५, बिहीबार २३:१२ मा प्रकाशित
ad image