ad image
ad image
ad image

बिन्दु राईको “सत्य कुरा नभनेर” सार्वजनिक

0
Shares
बिन्दु राईको “सत्य कुरा नभनेर” सार्वजनिक

लालबहादुर ढेंगा, दुबई, यूएई
सांगीतिक यात्राको एक दशकभन्दा बढि लामो यात्रामा थुपै्र प्रकारका गीत गाएकी युवा गायिका बिन्दु राईको अर्को नयां आधुनिक गीत “सत्य कुरा नभनेर” म्युजिक भिडियो सार्वजनिक भएको छ ।
खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–९, सल्लेमा जन्म भई हुर्किएकी बिन्दु राई सानो उमेरदेखि नै गीत गाउने रहर भएको बताउछिन् । हजुर आमा, हजुर बाबा, आमा र दिदीको प्रेरणाबाट संगीतको दुनियामा छिरेकी भएता पनि गुरुको रुपमा भने कैलाश राई, गरुदेव कामत, लाक्पा शेर्पा, चन्दी काफ्ले र ललितकलालाई सम्झिन्छिन् ।
काठमाण्डौंको अति नै रमणिय ठांउ चपलीहाईट र वरिपरी छायांकन गरिएको म्युजिक भिडियोमा लालबहादुर ढेंगा, अनिता गोले र उषा कार्कीले अभिनय गरेका छन् । । भिडियोलाई छायांकन तथा सम्पादन बिश्वास भण्डारी र ह्यारी कट्टेलको निर्देशन रहेको छ ।
उक्त गीत पंचामृत म्युजिक मेडिया एण्ड फिल्म प्रा.लीको प्रस्तुतीमा रहेको छ भने शब्द पदमा लिन्खा मगर र उदयराज पौडेलको अरेन्जरमा भएको छ । त्यसैगरी गीतलाई राजेश थापाले आफ्नो मधुर संगीतद्धारा सजाएको पाईन्छ ।

आफ्नो सांगीतिक यात्रालाई विगत ५ बर्षदेखि दुबईस्थित याक एण्ड यति नेपाली क्लबमा दैनिक आफ्नो कला प्रस्तुत गर्दै आईरहेकी छिन् । अर्को नयां गीत छिट्टै बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिएकी छिन् । यस म्युजिक भिडियोलाई माया गरिदिनुका लागि सम्पूर्ण शुभचिन्तक तथा दर्शकहरुलाई आग्रह समेत गरेकी छिन् ।
जततउकस्ररथयगतग।दभरःत्रन्ँण्ल्बिख्लय

 https://youtu.be/MqGFl0NaVno

२७ बैशाख २०७५, बिहीबार ०१:०२ मा प्रकाशित
ad image