Home » अन्तर्राष्ट्रिय You are browsing entries filed in “अन्तर्राष्ट्रिय”

लन्डनमा आगलागी हराएका व्यक्तिहरु मारिएका आशङ्का

लन्डन, ४ असार । बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा गत बुधबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ । ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताउनु भएको छ । प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भईसकेका थियो । […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

झण्डै तीन लाख चिनियाँ चिकित्सकलाई तालिम

बेइजिङ, २ असार । चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् । सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिनुभएको थियो । विषेशज्ञताका लागि तीन वटा […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

कुवेती अमिर छ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

कुवेत, २३ जेठ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ । कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ जानुभएको […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

कतारलाई एक्लाउने अरब राष्ट्रका निर्णयसँग आफ्नो मध्यपूर्वको भ्रमण जोड्ने ट्रम्पको प्रयास

वासिङटन (अमेरिका), २३ जेठ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोड्नुभएको छ । ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ, “मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहायता नदिइने जनाएको थिएँ, हेर्नुहोस् अरब मुलुकका नेताले यसमा कतारलाई सावधान गराएका छन् ।” […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

पचास हजार इथियोपियालीद्वारा स्वदेश फर्कन आवेदन

अदिस अबाबा (इथियोपिया), २३ जेठ । विना कागजात साउदी अरब बस्दै आएका करिब ५० हजार इथियोपियालीले स्वदेश फर्कन इच्छा व्यक्त गर्दै निवेदन दिएपछि उनीहरुलाई भ्रमणमा आवश्यक कागजात दिइएको छ । फिर्ता हुन इच्छुक इथियोपियालीमध्ये ८४.४ प्रतिशत महिला तथा बालबालिका रहेका जनाइएको छ । इथोपियाली सरकारका सञ्चारमन्त्री नेगेरो लेन्चोले मङ्गलबार बताउनुभएको छ । कागजात नभएका इथियोपियाली […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पतालमा भर्ना

लण्डन, २१ जेठ । मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । शनिबार भएको दुई वटा आक्रमणमा परी छ जनाले भने ज्यान गुमाएका थिए । यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउनु हुन्न । झट्ट हेर्दा […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

रुहानीको कार्यशैलीलाई स्वीकार गर्नुहोस्

लन्डन, १७ जेठ । हसन रुहानी इरानी राष्ट्रपति पदको निर्वाचनमा अत्यधिक मतले पुनः विजयी हुनुभएको छ र उहाँले काम गर्नुपर्ने व्यक्ति भनेको प्रतिद्वन्द्वीको रूपमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहनुभएको बुझिन्छ । इरानको पारमारणविक महत्वाकाङ्क्षालाई हाल अवरुद्ध बनाउने सन् २०१५ को अन्तर्राष्ट्रिय सम्झौता नै उहाँहरूबीचको सम्बन्ध भन्ने बुभिन्छ । इरानी पारमाणविक सम्झौता अमेरिका तथा पूर्व […]

Posted in अन्तर्राष्ट्रिय | Read More »

बेलायतमा २३ हजार जिहादी लडाकू रहेको प्रतिवेदन

लन्डन, १४ जेठ । बेलायती राष्ट्रिय अनुसन्धान (जासूसी) निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका छन् भनी बेलायती सरकारसमक्ष पेश गरेको एक प्रतिवेदन आज सार्वजनिक भएको छ । मर्न र मार्न तम्तयार भै बसिरहेका यिनीहरुलाई नै बिभिन्न आतङ्कबादी सङ्गठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेका समेत सो प्रतिवेदनमा जनाइएको छ । आत्मघाती […]

Posted in अन्तर्राष्ट्रिय,मुख्य खबर | Read More »

तपाईको प्रतिक्रियाहरु

  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...