Home » मुख्य खबर You are browsing entries filed in “मुख्य खबर”

नेकपा माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार

गोरखा, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो । उपप्रमुखमा भने कसलाई उम्मेदवार […]

Posted in मुख्य खबर | Read More »

काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

भक्तपुर, १५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ । नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक […]

Posted in मुख्य खबर | Read More »

मोबाइल एप सञ्चालनमा

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ […]

Posted in मुख्य खबर,समाचार | Read More »

दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाइँदै

बनेपा, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन थालिएको छ । सात गाउँपालिका र आठ नगरपालिका रहेको जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाको निर्वाचन कार्यालयमा निर्वाचन सामग्री पठाइएको तथा केही गाउँपालिका र नगरपालिकामा आज पठाउन लागिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकामा […]

Posted in मुख्य खबर,समाचार | Read More »

आज अपरान्ह सर्वदलीय बैठक

काठमाडौँ, १५ वैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस ––––– No related posts.

Posted in मुख्य खबर | Read More »

एडिबी र नेपालबीचको साझेदारीका ५० वर्ष : एसियाको समृद्धिमा सहयोग

काठमाडौँ, १५ वैशाख । एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ । सन् १९६७ मा बैंक स्थापना भएदेखि नै सदस्य रहेको नेपाल र एसियाली विकास बैंकबीचको सहकार्यले मुलुकको गरिबी घटाउने, व्यावसायिक तथा सीप विकास, शिक्षा, स्वास्थ्य, […]

Posted in मुख्य खबर | Read More »

छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त

बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो […]

Posted in मुख्य खबर | Read More »

रातको समयमा पखालिँदै काठमाडौँका सडक

काठमाडौँ, १३ वैशाख । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको […]

Posted in मुख्य खबर,समाचार | Read More »

भूकम्पसम्बन्धी ‘चलायमान पहाड’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ, १३ वैशाख । गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको दुई वर्ष पूरा भएको अवसर पारेर ‘चलायमान पहाड’ नामक वृत्तचित्रको दोस्रो भाग मङ्गलबार प्रदर्शन गरियो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको वृत्तचित्र करिब आधा घन्टा समयावधिको छ । ‘मुभिङ माउन्टेन’ नामबाट अङ्ग्रेजी भाषामा समेत सो वृत्तचित्र निर्माण भई प्रसारण भएको छ । विसं २०७२ […]

Posted in मुख्य खबर,समाचार | Read More »

काठमाडौँका १० नपामा निर्वाचन अधिकृत कार्यालय

काठमाडौँ, १३ वैशाख । काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराउनुभयो । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछाने, शङ्खरापुरमा भुवनेश्वर पौडेल, गोकर्णेश्वरमा निर्मला सुवेदी र दक्षिणकालीमा प्रतिमा पोखरेललाई […]

Posted in मुख्य खबर,समाचार | Read More »

तपाईको प्रतिक्रियाहरु