Home » समाचार You are browsing entries filed in “समाचार”

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

उदयपुर, १० असार । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । […]

Posted in मुख्य खबर,समाचार | Read More »

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

काठमाडौँ, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम […]

Posted in मुख्य खबर,समाचार | Read More »

गुम्बा निर्माणका लागि रु साढे पाँच करोड सङ्कलित

पोखरा, १० असार । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । चालिस वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँगुरो र बारम्बार आएका भूकम्पले क्षतिग्रस्त बनाएकाले झन्डै रु १० करोडको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह […]

Posted in समाचार | Read More »

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रम

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी […]

Posted in मुख्य खबर,समाचार | Read More »

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

दाङ, १० असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने […]

Posted in समाचार | Read More »

विद्युतीय संरचना भूमिगत गरिँदै

काठमाडौँ, ९ असार । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो । संसारका धेरै जसो देशमा विद्युत् वितरण प्रणाली भूमिगत नै राखिएको […]

Posted in समाचार | Read More »

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

काठमाडौँ, ९ असार । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर पार्कका साथै आवश्यक खानेकुराका लागि यहाँ रेस्टुराँ समेत बनेका छन् । […]

Posted in समाचार | Read More »

उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त

रामपुर (पाल्पा), ९ असार । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन् । कतिपय राजनीतिक दलले अन्तिम समयमा मात्र उम्मेदवारको टुङ्गो लगाएकाले निर्वाचन कार्यालयमा मनोनयन दाखिला गरी अन्तिम नामावली प्रकाशन भएपछि भोट माग्न जनताको घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा […]

Posted in समाचार | Read More »

वर्षाका कारण घर भत्कियो

धुलिखेल, ९ असार । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं ५ का डोल्मो लामाको घर आज भत्किएको छ । बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडितले बताएका छन् । “राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले […]

Posted in समाचार | Read More »

मोटरसाइकल चोरीको अभियोगमा दुई पक्राउ

पर्सा, ९ असार । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुईजना युवालाई प्रहरीले आज सार्वजनिक गरेको छ । सिसी टिभी क्यामराको मद्दतले मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा बारा कलैया उपमहानगरपालिका–१४ का सञ्जय यादव र बारा नौतन बहुवरी–१ […]

Posted in समाचार | Read More »

तपाईको प्रतिक्रियाहरु

  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...